१७ कार्तिक २०८३, मंगलबार

प्रधानसेनापति क्षत्री आइतबार अमेरिका जाने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajendra Chhetri Nepal Armyकाठमाडौं, ११ वैशाख । प्रधानसेनापति राजेन्द्र क्षत्री एकसाता लामो अमेरिका भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार वैशाख १२ मा जाने र २३ मा फर्कने उनको कार्यक्रम छ । क्षत्री अमेरिकी सेनाको औपचारिक निमन्त्रणामा जान लाग्नु भएको हो ।

त्यहाँ हुने इन्टरनेसनल हल अफ फेम कार्यक्रममा सहभागी हुनुहुनेछ । क्षत्रीले अमेरिकामा सरकारका उच्चपदस्थ अधिकारीलगायत वरिष्ठ सैनिक अधिकृतहरू तथा संयुक्त राष्ट्रसंघका पदाधिकारीहरूसँग भेटघाट गर्नुका साथै विभिन्न सैनिक संरचनाको समेत निरीक्षण गर्नु हुनेछ ।

प्रधानसेनापति बनेपछि उहाँले भारत र चीन भ्रमण गरिसक्नु भएको छ । यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र अमेरिकी सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धका साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको निर्देशनालयले जनाएको छ ।