८ कार्तिक २०८३, आइतबार

पूर्व प्रधानमन्त्रीहरूको पनि संगठन बन्दै, यी हुन् संयोजक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhav_nepalकाठमाडौं, ११ वैशाख । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल सार्क राष्ट्रका पूर्वप्रधानमन्त्रीहरुको संगठन बनाउन लागिपरेको छन् ।

सार्क राष्ट्रबीच एकता र समझदारी बढाउन तथा सार्कको गरिमा बढाउन पूर्वप्रधानमन्त्रीहरुको संगठन आवश्यक रहेको भन्दै नेपाल आन्तरिक तयारीमा जुटेका हुन् । नागरिक दैनिकमा समाचार उल्लेख छ ।

एसियाली राष्ट्रका राजनीतिक दलहरुको अन्तर्राष्ट्रिय सम्मेलनका संस्थापकसमेत रहेका नेपालको सार्कका पूर्वप्रधानमन्त्रीहरुको एकउटा छुट्टै संगठन हुनु पर्ने धारणा बनाएर सम्मेलन गराउन लागेका छन् ।

एसियाली राष्ट्रका राजनीतिक दलहरुको संगठन बनाउन आफ्नो अहम भूमिका रहेको बताउने नेपालले सार्कका पूर्वप्रधानमन्त्रीहरुको संगठनले पनि चाँडै मूर्तरुप लिने विश्वास व्यक्त गरे ।

सार्कका सबै देशका पूर्वप्रधानमन्त्रीहरुको संगठन बनाउने समितिका संयोजक रहेका नेपालले विभिन्न माध्यमले सार्कका देश पूर्वप्रधानमन्त्रीसित सम्पर्क बनाइरहेका छन् ।