
भैरहवा, १० वैशाख । विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरुले संविधानको गहन अध्ययन गर्नुपर्नेमा व्यवस्थापिका संसदका सांसदले जोड दिएका छन् ।
त्रिभुवन विश्वविद्यालय, भैरहवा बहुमुखी क्याम्पस भैरहवामा आयोजित पुरस्कार वितरण समरोहलाई सम्बोधन गर्दै सांसद आदित्यनारायण कसौधनले आफ्नो नियमित पठनपठानका अतिरिक्त संविधानको अध्यनन गर्नुपर्ने आजको विद्यार्थीको आवश्यकता रहेकोमा जोड दिएका हुन् ।
सांसद कसौधनले भने तपाई विश्वविद्यालयका विद्यार्थीहरु जति आफ्नो नियमित पठनपठानलाई जोड दिनुहुन्छ त्यतै नै संविधानको अध्ययनमा पनि जोड दिनुहोस ।
विद्यार्थीहरु समाजका सुचक भएको हुदा संविधानको अध्ययन विद्यार्थीले गरेमा त्यसको प्रसार र प्रभाव सबैभन्दा बढी फलदायी हुने उनको दावी थियो ।
अनेरास्वीयु भैरहवा बहुमुखी क्याम्पस कमिटीले आयोजना गरेको पुरस्कार वितरण समारोहमा नेकपा एमालेका नेताहरु तुलसी चौधरी, हितराज पन्थी, अखिलका नेता चक्र थापा, शशि पन्थी, लक्ष्मी केसी, झकबहादुर आले, क्याम्पस प्रमुख डा घनश्याम न्यौपाने लगायतले बोल्दै संविधानको अध्ययन आजको विश्वविद्यालयको विद्यार्थीको महत्वपुर्ण पाटो रहेको बताए ।
क्याम्पस कमिटी सदस्य निशान्त लामिछानेको स्वागत एवं झक बहादुर आलेको सन्चालनमा सम्पन्न उक्त समारोहमा वक्तृत्वकला प्रतियोगिता, मेमरी टेस्ट प्रतियोगिता, बैंकिक तालिम र अन्तर कलेज भलिबल प्रतियोगिताका प्रतियोगिहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
क्याम्पस कमिटी अध्यक्ष शसी पन्थिको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा एमाले क्षेत्रीय अध्यक्ष घनेन्द्र विक्रम पाण्डे, अखिल जिल्ला सदस्यहरु शेषकान्त अर्याल, निसीम भुसाल र दिनेश खनाल, भैरहवा बहुमुखी क्याम्पस प्राध्यापक इकाई सभापति कुलप्रसाद खनाल, क्याम्पसका सहायक प्रमुखहरु केशब लाल श्रेष्ठ र चन्द्रप्रसाद रेग्मी, प्रगतीशिल प्राध्यापक संगठनका सचिब कृष्ण प्रसाद घिमिरे लगायतले मन्तब्य राखेका थिए ।














प्रतिक्रिया