१७ कार्तिक २०८३, मंगलबार

काठमाडौंमा ग्याँस कालोबजारी गर्ने पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gass ra Tel Oil

काठमाडौं, १० बैशाख । काठमाडौं महानगरपालिका–३५ खरिबोट बस्ने राजेन्द्र प्रसाद फुयाँललाई प्रहरीले कालोबजारी गर्न लगेको २५ थान भरी ग्याँस सिलिन्डर सहित पक्राउ गरेको छ ।

फुयाँलले पेप्सिकोलाबाट विहिबार बा.११ च ४७८० नम्बरको गाडीमा ७० थान सगर ग्याँस प्रकृती स्टोर सुन्धारा लैजानुपर्नेमा २५ थान ग्याँस सिलिन्डर खरिबोटस्थित आफ्नो घरमा झारेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।