काठमाडौं, १० वैशाख । नयाँ संविधानप्रति विमति जनाउँदै आन्दोलनरत मधेसी मोर्चासहितको संघीय गठबन्धनले विदेशी कुटनीतिक निकाय र दातृसंस्थाका प्रतिनिधिहसँग सरकार वार्ताप्रति गम्भीर नभएको गुनासो पोखेका छन् ।
काठमाडौंमा आयोजित विदेशी कुटनीतिक निकायसँगको अन्तरक्रिया कार्यक्रममा उनीहरुले ३६ पटकसम्म गरिएको वार्ता टुंगोमा नपुगेको भन्दै दबाब दिन आग्रह गरेका छन् । नागरिक दैनिकले समाचार छापेको छन् ।
गठबन्धनले भूकम्पपीडितलाई राहत दिन पनि सरकार असफल भएको निष्कर्ष उनीहरुले कुटनीतिक निकायलाई सुनाएका थिए ।
संघीय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसको मुद्दा क्षेत्रीय नभई राष्ट्रिय भएकोमा जोड गरे ।
उनले राज्यको विभेदमा परेको समुदाय आन्दोलनमा उत्रिएकाले माग सम्बोधन नहुन्जेल आन्दोलन जारी रहने प्रस्ट्याएका थिए ।















प्रतिक्रिया