८ कार्तिक २०८३, आइतबार

भारतबाट कांग्रेसलाई यसरी आयो कडा निर्देशन, अब के गर्ने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Susma Soraj & Sherbahadur Deubaकाठमाडौं, १० वैशाख । भारतले मधेसका पूरा हुन बाँकी विषयको समाधानको अग्रसरता लिन कांग्रेसलाई आग्रह गरेको छ ।

कंग्रेस सभापति शेरबहादुर देउवासँग बिहीवार भएको भेटमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले संसदमा सबैभन्दा ठूलो दल कांग्रेस भएकाले तराई मधेसका समस्या समाधानको अग्रसरता लिन भारतको सन्देश दिएकी हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

श्रीमती आरजुको उपचारका लागि दिल्ली पुगेका देउवाले स्वराजसँग निवासमा करिब ३५ मिनेट भेटवार्ता गरेका थिए ।

भेटमा नेपाली राजदूत दीपकुमार उपाध्याय र भारतीय विदेश मन्त्रालयका नेपाल–भुटान डिभिजन हेर्ने सहसचिव अभय ठाकुर पनि सहभागी थिए ।

भेटमा नेपालको समसामयिक विषयबारे सामान्य कुराकानी भएको जानकारी राजदूत उपाध्यायले दिए ।