काठमाडौँ, ९ बैशाख । गलामा लगाएको सिक्री लुटपाट गर्ने कपन बस्ने मुगु पिना–२ घर भएका २२ बर्षीय खडक जंग शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार शाहीले विहिबार काठमाडौँ महानगरपालिका–३१ भृकुटीमण्डप स्थित माईक्रोपार्क नजिक कपन बस्ने धादिङ मैदी–८ घर भएकी २४ बर्षीया सवमा श्रेष्ठले गलामा लगाएको डेढ तोलाको सुनको सिक्री लुटेका थिए ।
सिक्री लुटेर भाग्दै गरेका शाहीलाई महानगरीय प्रहरी बृत्त सिहदरवारबाट खटिएको प्रहरी टोलीले लुटेको उक्त सिक्री सहित पक्राउ गरेका हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया