१७ कार्तिक २०८३, मंगलबार

दलित बस्तीमा आगलागी, ३५ घरगोठ खरानी (फोटो फिचर)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ago-Fire

– शम्भू माली
कपिलबस्तु, ९ वैशाख । कपिलबस्तुको शिवराज नगरपालिका ७ पिपरीस्थित दलितवस्तीमा आगलागी हुँदा ३५ घरगोठ जलेर नष्ट भएको छ ।

दिउसो तीन बजेर २० मिनेटमा आगलागी भएको हो । पिपरी गाउको बीचमा रहेको चिन्ने मुसलमानको घरमा चिया पकाउने क्रममा सल्किएको आगोले त्यसदेखि पश्चिम क्षेत्रका घरहरु जलेर नष्ट भएका छन् ।

Fire-kapilbastu (2)

आगलामीमा परि चिन्ने मुसलमान, रामआञ्चल केवट, झिन्कु कहार, तुल्सी राम केवट, फुलमती कहार, भुन्नु केवट, कल्लु लोहर, त्रिवेणी लोहर, शिव मगंल गडरिया, तिलकराम पाल , सगीता कुमारी पाल , गैडा पाल , गौरी शकार कहार, रविरेन्द्र केवटको घर गोठ पुर्ण रुपमा खरानीमा परिणत भएको छ । आगलागीवाट आनुमानित ६० लाख बराबरको नोक्सानी भएको र थप विवरण आउन बाकी रहेकोवडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख राज कुमार सिलवालले जानकारी दिए । मानिसहरु घर छोडेर भागेको र नजिक नजिक धर बनाएकोले हुनाले घर सख्याअझै बढ्न सक्ने प्रहरीले जनाएको छ ।

Fire-kapilbastu (6)

कपिलबस्तु सदरमुकाम तौलिहवाबाट करिव ४५ किलोमिटरको दूरीमा रहेको गाउमाआगलागी हुनेबित्तिकै दमलक बोलाइए पनि साढे ४ बजे मात्र दमकल आइपुगेकोस्थानियले बताएका छन । । तौलिहवावाट आएको दमकल , वडा प्रहरी कार्यालय चन्द्रौटाको टोली , सशस्त्र वेश क्याप विशनपुरको सशस्त्र जवान र स्थानीयको प्रयासमा आगो नियन्त्रणमा आएको आग्नी पिडित तिलकराम पालले जानकारी दिए ।

आगलागीमा मानवीय क्षति भएको छैन । दलित बस्तीका नागरिकहरुले घरभित्र भएको खाद्यान्न तथा लत्ताकपडा बाहिर निकाल्न समेत नभ्याएको बताएका छन् । पिपरीमादुई बर्ष भन्दा पहिले पनि आगलागी हुदा ४५ घर जालेका थिए ।

Fire-kapilbastu (1)  Fire-kapilbastu (3) Fire-kapilbastu (4) Fire-kapilbastu (5)