१७ कार्तिक २०८३, मंगलबार

सुजाता कोइराला इण्डोनेशिया प्रस्थान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sujata-koirala

काठमाडौं, ९ वैशाख । नेपाली कांग्रेस नेत्री एवम् पूर्व परराष्ट्रमन्त्री सुजाता कोइराला इण्डोनेशिया प्रस्थान गर्नुभएको छ ।

नेपाली समयअनुसार बुधबार राति सवा एघार बजे त्यसतर्फ जानु भएको हो । आगामी अप्रिल २२ देखि २४ सम्म इण्डोनेशियाको राजधानी जर्कातामा हुने विश्व सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गर्नु भएको छ ।

सम्मेलनमा जनताको कल्याण र प्रजातन्त्र सुढृढका लागि विश्वका राजनीतिक दलको भूमिकाको बारेमा छलफल हुनेछ ।

सम्मेलनमा एसियन राजनीति दलको संगठन (आइक्याप) ल्याटिन अमेरिकन र क्याराभानका राजनीतिक दलको संगठन (कोपाल) अफ्रिकन काउन्सिल (क्याप) लगायतका संगठनका प्रतिनिधीको सहभागिता रहनेछ भने युरोपियन सांसद सदस्यहरू निरीक्षकका रुपमा रहनेछन् ।