१७ कार्तिक २०८३, मंगलबार

डोल्पामा बुद्धको मुर्ति र थुप्रै हतियारसहित पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pistol-hatiyarडोल्पा, ९ वैशाख । डोल्पा जिल्लामा प्रहरीले दुई जनालाई बुद्धको मुर्ति र हतियारसहित पक्राउ गरेको छ ।

धो गाविस– ३ बस्ने २६ वर्षीय ढाक्पा गुरुङ र धो गाविस–१ बस्ने २८ वर्षीय ढावा गुरुङलाई प्रहरीले बुद्धको मुर्ति थान ३ र मेड इन इटली लेखेकोे १ थान पेस्तोलसहित पक्राउ गरेको जनाएको छ ।

प्रहरीले पेस्तोलको गोली ३ राउण्ड, मेड इन इटली लेखेको अटोमेटिक पेस्तोल १ थान, सोको गोली ७ राउण्ड, कटुवा पेस्तोल १ थान, सोको गोली १३ राउण्ड तथा फायर भएको गोलीको खोका ३ थान पनि बरामद गरेको छ ।

गत चैत २८ गते धो गाविस–६ स्थित गाकर गुम्बा र मिकिन गुम्बाका पुजारी ठिंगल्या लामा बस्ने घरबाट सानो २ वटा र ठूलो २ वटा काँच र पितलबाट बनेको बुद्धको मुर्ति चोरी भएको भन्ने खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय छार्काबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई हिजो बुधबार उक्त हतियारसहित पक्राउ गरेको हो ।

यता, काठमाडौंको कीर्तिपुर नगरपालिका– २ मैत्रीनगर बस्ने सिन्धुली नेत्रकाली–८ घर भएका १८ वर्षीय सहिल वाईबा र १८ वर्षीय च्याङ्बा वाईबासहित ६ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

उनीहरूको साथबाट प्रहरीले १ थान खुकुरी र २५ ग्राम गाँजा पनि बरामद गरेको छ ।