काठमाडौं, ९ वैशाख । सत्तारुढ दल नेकपा एमालेले ६७ औं कम्युनिष्ट दिवस भव्यताका साथ मनाउने तयारी गरेको छ ।
एमाले पोलिटब्यूरो सदस्य शंकर पोखरेलका अनुसार ६७ औं कम्युनिष्ट दिवसका अवसरमा एमालेले देशैभरी विविध कार्यक्रमहरु आयोजना गर्दैछ । जसअन्तर्गत शुक्रबार विहान ११ बजे राष्ट्रिय सभागृहमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।
उक्त कार्यक्रमलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् ।
यसैबीच एमालेले उक्त कार्यक्रममा सहभागी भइदिन सबैमा आग्रह गरेको छ ।












प्रतिक्रिया