महोत्तरी, ९ वैशाख । महोत्तरीको बर्दिवासमा नम्बर खुल्न नसकेको गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका–११ बाँके जङ्गलमा गाडीले ठक्कर दिँदा मानसिक सन्तुलन गुमाएकी करिब ३५ वर्षीया महिलाको घटनास्थलमा नै मृत्यु भएको छ।
मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ। बिहानको सुनसान अवस्थामा कुन गाडीले महिलालाई ठक्कर दिएको भन्ने बारे अहिलेसम्म खुल्न नसकेको प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले बताए।
ठक्कर दिने गाडीको खोजी भइरहेको र मृतक महिलाको शवपरीक्षणका लागि जलेश्वर पठाइने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिए। रासस













प्रतिक्रिया