१७ कार्तिक २०८३, मंगलबार

चिनियाँ नागरिकले चलाएको कारको ठक्करबाट रिजाल घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Thapathaliकाठमाडौं, ९ वैशाख । काठमाडौंको थापाथलीमा चिनियाँ नागरिकले चलाएको कारको ठक्करबाट एक व्यक्ति गम्भीर घाइते भएका छन् ।

बुधबार राति साढे ९ बजे थापाथलीमा तीब्र गतिमा आएको बा११च ३८१८ नम्बरको कारको ठक्करबाट साईकल चालक कंचनपुर बैलोरी– ६ घर भई हाल काठमाडौं घट्टेकुलो बस्दै आएका निरन्जन रिजाल घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते रिजाललाई उपचारको लागि ब्लुक्रस अस्पताल त्रिपुरेश्वर पठाइएको छ । उनको अवस्था गम्भीर रहेको छ ।