३० आश्विन २०८३, शुक्रबार

अमेरिकामा नेपाली सामानहरुको सबैभन्दा ठूलो प्रदर्शनी हुने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

timthumbअमेरिका । अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको प्रबर्धन गर्ने तथा नेपाल र अमेरिकाबीच व्यापार विस्तार गर्नका लागि अमेरिकाको न्यूयोर्कमा नेपाली सामानहरुको प्रदर्शनी हुने भएको छ ।

अमेरीकामा विभीन्न पेशा व्यवसाय गरेर बसेका नेपालीहरुको संस्था वल्र्ड बिजनेशस म्यानेजमेन्ट एण्ड कन्सल्ट्याण्ट एलएलसीले अमेरिकाको न्यूयोर्क सहरमा नेपाली उत्पादनहरुको प्रबर्धनका लागि ३ दिने व्यापार मेला गर्ने भएको हो ।
‘
नेपाल एक्जीबिसन एण्ड ईन्टरनेशनल ट्रेड शो’ नाम दिइएको यो मेला विश्वबजारमा अहिलेसम्म भएका नेपालीहरु सामानहरुको प्रदर्शनी मध्ये अहिले सम्मकै ठूलो प्रदर्शनी रहेको आयोजक संस्था एलएलसीका अध्यक्ष बुद्धिप्रसाद रेग्मीले बताए ।

‘अहिलेसम्म नेपालीहरुले नै निजी क्षेत्रबाट अन्तराष्ट्रिय बजारमा यति ठूलो प्रदर्शनी गरेको जानकारीमा आएको छैन’, उनले भने ‘अमेरिकामा हामीले यो काम सफल गर्न सक्यौँ, भने नेपालीहरुले विश्वबजारमा आफ्नो प्रदर्शनी गर्ने र बजार निर्माण गर्ने खुट्किलो हुन्छ । ’आगामी सेप्टेम्बर ३० देखि अक्टुबर २ सम्म मेला आयोजना गर्न लागिएको उक्त मेलामा नेपाल तथा विश्वभर रहेका ३ सय ५० भन्दा बढी उद्योगी व्यवसायीहरुले सहभागिता जनाउने आयोजकको योजना छ ।

यसको लागि समूह अहोरात्र खटिई रहेका छन् । यसको साथै यसलाई अझ व्यापक बनाउन न्युयोर्क राज्यका गभर्नर तथा नगर प्रमुख तथा अन्य सम्बन्धित निकाय संग व्यक्तित्वहरु संग भेटघाट गर्ने कार्यक्रम समेत रहेको बताईएको छ ।