काठमाडौं, ९ वैशाख । नक्कली चिकित्सकजस्तै देशमा ठूलो संख्यामा नक्कली इञ्जिनियर पनि रहेको खुलेको छ ।
पाइलटहरु पनि शैक्षिक प्रमाणपत्र नक्कली रहेको सूचनाका आधारमा प्रहरीले छानविन अघि बढाएको छ ।
नेपाल इन्जिनियरिङ परिषदले इन्जिनियरिङ पास नै नभई प्रमाणपत्र लिएका ९ जनाको लाइसेन्स रद्द गरेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
परिषदले नक्कली इन्जिनियरमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको छ। ठूलो संख्यामा नक्कली इन्जिनियर रहेको आशंकामा अनुसन्धान पनि थालिएको छ ।
पास नै नभई प्रमाणपत्र लिएर काम गर्ने नक्कली इन्जिनियरहरुमा प्रकाश पुडासैनी, शिवराम पोखरेल, सनत श्रेष्ठ, पुष्पराम शर्मा, कृष्णकुमार झा, हितेस सिंह, पुजनकुमार खत्री, नृपेश कोइराला र योगेन्द्र बम छन् ।
उनीहरुमध्ये पोखरेलको दर्ता खारेज गरिएको छ। एनले पोखराको एक कम्पनीबाट इन्जिनियरको रुपमा काम गर्दै आएका थिए ।
केही पाइलटको प्रमाणपत्र पनि नक्कली भएको सूचनाका आधारमा प्रहरीले छानविन थालेको छ । केन्द्रीय अनुसन्धान व्युरोले पाइलटहरुको शैक्षिक प्रमाणपत्रको छानबिन थालेको हो ।















प्रतिक्रिया