८ कार्तिक २०८३, आइतबार

विदेशीको मुख ताक्दै संघीय गठबन्धनका नेताहरू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, ९ वैशाख । मधेसी दलले आन्दोलनमा विदेशीको समर्थन जुटाउने छलफल गर्दैछन् । आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नुअघि उनीहरुले बिहीवार दिउँसो नेपालस्थित विदेशी कुटनीतिक नियोगका प्रतिनिधिसँग् भेट्दै छन् ।

कुटनीतिज्ञहरुसँग पछिल्लो अवस्थाबारे छलफल गर्न लागिएको संघीय समाजवादी फारेमका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । यादवले भने, ‘नेपालको अहिलेको परिस्थितिबारे छलफल गर्ने गरी भेटघाट तय गरेका हौं ।’ छलफल -याडिसन होटलमा हुँदैछ ।

छलफलमा आफ्ना माग र आन्दोलनबारे कुटनीतिज्ञहरुलाई प्रस्ट पारिने मोर्चाका नेताहरुको भनाई छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

तमलोपा अध्यक्ष महन्थ ठाकुरको निवासमा १९ चैतमा बसेको मोर्चाको बैठकले ६ वैशाखमा अन्तरक्रिया कार्यक्रम गर्ने र ९ वैशाखमा विदेशी कुटनीतिक नियोगका प्रतिनिधिलाई भेट्ने निर्णय गरेको थियो ।