३० आश्विन २०८३, शुक्रबार

दुई महिलाले एकसाथ युवतीसँग यौनसम्बन्ध राख्न खोजेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Women

एजेन्सी । संसारमा अनौठा अनौठा घटना सुन्न पाइन्छ ।

यसैक्रममा भारतको मध्यप्रदेशको ग्वालियरमा एक युवतीमाथि दुई महिलाले यौनसम्बन्ध राख्न दबाब दिएका छन् ।

सललिंगी सेक्स राख्न दबाब दिने दुबै जना घरबेटी महिला थिए । नाताले भाउजु र नन्द पर्ने उनीहरुले आफ्नै घरमा डेरा गरी बस्ने युवतीलाई एकसाथ सम्बन्ध राख्न दबाब दिएका थिए ।

घरबेटीको दबाब थेग्न नसकेर युवतीले होटलमा गएर आत्महत्या गरेकी छिन् । उनको शवलाई सोमबार साँझ होटलको कोठाबाट बरामद गरिएको थियो । कोठाबाट सुसाइट नोट पनि भेटिएको छ । त्यसैका आधारमा प्रहरीले छानविन गरिरहेको छ ।

समाचार अनुसार पडाव थाना क्षेत्रस्थित होटलमा एक निजी स्कुलकी लेखापाल ३२ वर्षीय सविता राणाले आइतबार रातिदेखि सोमबार दिउँसोको बीचमा गलामा फाँसी लगाएर आत्महत्या गरेकी थिइन् । सविता मुम्बईमा बाट यहाँ आएकी थिईन् र ग्वालिएरको निजी स्कुलमा लेखापाल पदमा कार्यरत थिइन् ।

अहिले सविता मुरारमा भाडामा कोठा लिएर बस्दै आएकी थिइन् । घर मालिकनी र उनकी नन्दले जबदेखि सवितामाथि सम्बन्ध बनाउन दबाब दिन थाले, तब आइतबार राति होटल आइन् । सोमबार विहानसम्म कोठा नखुलेपछि होटलका कर्मचारीले पुलिसलाई खबर गरे । पुलिसले कोठा खोल्दा सविता झुण्डिएकी थिइन् । होटको कोठामा एउटा सुसाइड नोट मिल्यो जसमा उनले दुई महिलामाथि आरोप लगाएकी छिन् कि कोठा मालिकिनी र उनकी नन्द ममाथि समलैंगिक सम्बन्ध बनाउन दबाब दिएका थिए । यसैकारण उनले मैले यस्तो कदम उठाए ।

मुम्बईमा बस्दै आएका उनका परिवारलाई घटनाबारे जानकारी गराइएको र घटनाबारे थप अनुसन्धान भइरहेको पुलिस अधिक्षक दिनेश कौशलले जानकारी दिए ।