१७ कार्तिक २०८३, मंगलबार

नेविसंघले यसरी सुरू गर्‍यो ‘गाउँ’मा ईन्टरनेट पुगाउने अभियान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Student Uniuonकाठमाडौं, ८ वैशाख । कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले गाउँगाउँमा ईन्टरनेट सेवा विस्तारका लागि सरोकारवाला निकायसँग आग्रह गरेको छ । त्यसका लागि आवश्यक परे दबाब श्रृजनाको तयारी पनि गरेको छ ।

नेविसंघले आफ्नो ४६औँ स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजना गरेको बिचार गोष्ठिमा ग्रामीण क्षेत्रमा ईन्टरनेटको सेवा विस्तारका लागि दबाब दिइएको हो । ग्रामीण क्षेत्रमा ईन्टरनेट बिस्तारमा कांग्रेसका ठूला नेताहरूले पनि सहमति जनाएका छन् ।

नेविसंघका नेता ऋषिकेश जंग शाहले नेपाल टेलिकमले चाहेमा गाउँगाउँमा ईन्टरनेटको सुविधान सजिलै दिन सक्ने बताए । ‘टेलिकमले चाह्यो भने सबैलाई ईन्टरनेट सहज र शुलभ रुपमा उपब्ध गराउन सक्छ’, उनले भने, ‘त्यसका लागि सबैले सहयोग गर्नुपर्छ ।’ नेविसंघका नेता शाहले यसअघि पनि ग्रामीण क्षेत्रमा ईन्टरनेट पुगाउनका लागि विभिन्न सरोकारवाला निकायसँग परामर्श गरिसकेका छन् ।

गोष्ठिमा सहभागी कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेविसंघले ईन्टरनेट गाउँ–गाउँमा पुगाउनका लागि गरेको चासोलाई आफ्नो समर्थन रहेको बताए । ‘अहिलेको दुनियाँ ईन्टरनेटबाट जोडिएको छ’, उनले भने, ‘नेविसंघको यो अभियानलाई सबैले साथ दिनुपर्छ ।’

नेविसंघको गोष्ठिमा कांग्रेसका केन्द्रीय सदस्य प्रकाश शरण महत, मीनेन्द्र रिजाल, एमाले नेता प्रकाश ज्वाला, अखिलकी अध्यक्ष नबीना लामा, क्रान्तिकारीका उपाध्यक्ष रामचन्द्र अधिकारीलगायतले पनि ईन्टरनेटको सेवा बिस्तारका लागि सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताए ।

नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले गाउँ–गाउँमा ईन्टरनेट सेवा बिस्तार गर्न तयार रहेको उल्लेख गरे । झाले आफूले ईन्टरनेटलाई सक्दो बिस्तारका लागि प्रयास गर्ने उल्लेख गरे ।