२९ आश्विन २०८३, बिहिबार

सत्तारुढ दलका सांसदको गालामा युवकले हाने थप्पड

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

vbk-sonaram_1838746f

एजेन्सी । विवाह समारोहमा सहभागी हुन आएका एक जना सत्तारुढ दलका नेतामाथि थप्पड प्रहार भएको छ ।

घटना भारतको राजस्थानको हो । जहाँको बाडमेर क्षेत्रबाट निर्वाचित भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी)का सांसद कर्नल सोनाराममाथि विवाह समारोहमै थप्पड प्रहार भएको छ । सांसद सोनाराम समारोहमा जाने क्रममा एक युवकसँग ठोक्किएका थिए । जसबाट राम नामका युवक र सांसदबीच विवाद भयो र यसैबीच युवकले सांसदको गालामा थप्पड हाने ।

त्यसपछि अश्लील गाली दिँदै त्यहाँबाट टाप कसे । यद्यपी घटना हुँदा बाडमेरका कलेक्टर सुधीर शर्मा पनि त्यही थिए । समाचार अनुसार सूचना पाउनेवित्तिकै प्रहरीका एसपी परिस देशमुखसहित अन्य प्रहरी अधिकारी त्यहाँ पुगेर घटनाबारे जानकारी लिए । अब पुलिसले थप्पड हान्ने युवक रामलाई खोजिरहेको छ ।