मलेसिया । मलेसियामा गरिएको एक सांगीतीक कार्यक्रममा कलाकार नपठाएर नेपालको एक म्युजिक कम्पनीले आयोजकको रकम हिनामीना गरेको आरोप लागेको छ ।
कार्यक्रम आयोजक मेची महाकाली युवा समुह मलक्काले आइतवार एक विज्ञप्ती निकालेर नेपालको प्रियसी म्युजिक प्रालीले कलाकार पठाउने जिम्मा लिएर कलाकार नपठाउदा समस्या भएको जनाएको छ । कार्यक्रममा कलाकार नपठाइए पछि कलाकारको पारीश्रमीक, भिषा र हवाइ टिकट वापत पठाइएको रकम फिर्ता गर्न समेत माग गरेको छ ।
म्युजिक कम्पनी समेत सहप्रायोजन रहेको सो कार्यक्रममा लोक दोहरी गायीका राधिका हमाल र मोडल पार्वती राइ लाइ मलेसिया पठाउने जिम्मा लिएको म्युजिक कम्पनीकै कारण कलाकार मलेसिया आउन नसकेको सो विज्ञप्तीमा जनाइएको लगाइएको छ ।
सो समुहका अध्यक्ष पदम गहतराज सचिव प्रताप चाहार द्धारा हस्ताक्षरीत विज्ञप्तीमा कलाकार पठाउने मौखिक जिम्मा लिएका म्युजिक कम्पनीका निर्देशक राजेन्द्र पुरीकै लापरवाहिमा कलाकार कार्यक्रम मा नआएकाले समुहले म्युजिक कम्पनीलाइ तिरेको रकम फिर्ताको माग समेत गरेका छन् । उनीहरुले म्युजिक कम्पनीका निर्देशक पुरीलाइ प्रभु वैक वाट रकम भुक्तान गरेको जनाएका छन् ।
विज्ञप्तीमा भनिएको छ रकम फिर्ता माग्दा उल्टै निर्देशक पुरीले आयोजकहरुलाइ ज्यान मार्ने सम्मको धम्की दिएको जनाइएको छ । समुहले कम्पनी र निर्देशक पुरीलाइ कारवाहि का लागी समेत सम्वन्धीत निकाय संंमक्ष माग गरेकोे छ ।















प्रतिक्रिया