३० आश्विन २०८३, शुक्रबार

सिकागोमा सम्पन्न भयो नयाँ बर्ष सांगीतिक धमाका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Usa-1

सिकागो, अमेरिका । सिकागोमा रहेका प्रवासी नेपालीहरुको लागि आयोजित नया बर्षको शुभकामना सांगीतिक साँझ निकै भब्य रुपमा सम्पन्न भएको छ ।

बिगतमा नेपालबाट बिभिन्न राष्ट्रियस्तरका कलाकारहरु लिएर मनोरंजन दिँदै आएको सिकागो ल्याण्ड नेपाली फ्रेण्डसिप सोसाइटीले यसपटक स्थानीय कलाकारहरुको प्रतिभालाई स्थान दिदा उनीहरुको प्रस्तुति निकै बेजोड रहेको थियो ।

नेपालदेखि नै गीत संगीतमा दखल राखेका तर यहा बिबिध कारणले बाहिर देखिन नसकेका कलाकार हरुको खोजि गरेर करिब १ महिनाको रिहर्शल पश्चात आज आयोजित कार्यक्रममा प्रस्तुति निकै आकर्षक रहेकोले दर्शकहरु रोमाञ्चित भएका थिए ।

Usa

सिकागोमा बिगत १० बर्ष देखि सांगीतिक छेत्रमा योगदान गर्दै आएका जगदीश यादब, भुवन राई, शंकर पराजुली तथा अन्य नव आगन्तुक कलाकारहरु बिशाल बास्कोटा, बिष्णु दर्लामी, ललिता पौडेल, आर्य पाठक, पूर्णिमा पाठक क्रिस्टिना पाठक, किसान राना, स्मिर्ती देबकोट, सेर्या पाण्डे, दिप्ती केसी ग्रिशा चापागाई आस्था भण्डारी, अक्षेता कार्की, नारायण गजमेर, शान्ति क्षेत्री, पूजा पाण्ड, आलोक थापा, बबी न्यौपाने, रेनिशा, शारदा गौतम लगायत करिब डेढ दर्जन कलाकारहरुहरुको करिब ४ घन्टाको प्रस्तुति राष्ट्रिय कलाकारहरुको भन्दा कम थिएन ।

देभनस्थित बम्बे हलमा साँझ ६ बजे देखि शुरु भएको कार्यक्रम करिब ५ घण्टा संचालन भएको हलमा करिब ५५० जनाको हलमा खचाखच भरिएको थियो ।

संस्थाका महासचिब इश्वरी बगालेको आकर्षक उध्घोसन मा संचालित कार्यक्रम्मा सहभागीहरुलाई स्वागत संस्थाका उपाध्यक्ष काशी शिंह चौधरीले गर्नु भएको थियो भने अध्यक्ष बेनि माधब कंडेलले उपस्थित सबैलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

आजको सांगीतिक कार्यक्रममा सहभागी सबै कलाकारहरुलाई संस्थाका सल्लाहकाहरु, खेम पाठक, टेक केसी, व टेकराज पौडेल, खेम भण्डारी सुरज घिमिरे शशि चरण चौधरीले मायाको चिनोसहित प्रमाण पत्र वितरण गर्नु भएको थियो ।

कार्यक्रमलाई ब्यबस्थित बनाउन संस्थाका उपाध्यक्षहरु जितेन्द्र राना, गणेश थापा सदस्यहरु, जगन निरौला, बिक्रम थापा, थानेश्वर पाठक, किरण थापा, अर्जुन सुबेदी सुमित लगायतका ब्यक्तिहरुको भूमिका केहि दिनदेखि प्रभाबकारी रहेको थियो ।