काठमाडौं, ६ वैशाख । प्रधानमन्त्री केपी ओली विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिवियाविरुद्धको नेपालको दोस्रो खेल हेर्न त्रिवि क्रिकेट मैदान पुग्नु भएको छ ।
अोली खेल सुरू हुनै लाग्दा नामिवियाविरुद्धको दोस्रो खेल हेर्न कीर्तिपुरस्थित क्रिकेट मैदान पुग्नु भएको हो । उहाँले क्रिकेट मैदान पुगेर नेपाली टोलीका खेलाडीहरुसँग हात मिलाउँदै जितका लागि शुभकामना समेत दिनुभयो ।
प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री शक्तिबहादुर बस्नेत पनि त्रिवि क्रिकेट मैदान पुग्नु भएको छ ।
यसअघि शनिवार भएको खेल हेर्न उपराष्ट्रपति नन्दकिशोर पुन पनि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान पुग्नु भएको थियो ।












प्रतिक्रिया