काठमाडौं, ६ वैशाख । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बसिरहेको छ ।
नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भएरहेको बुझिएको छ । आफ्नो भारत भ्रमण हुनु अगाडि सभापति शेरबहादुर देउवाले संयुक्त बैठक बोलाउनु भएको हो ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, बजेट, संसदको बैठक आह्वानलगायतका विषयमा छलफल केन्द्रित हुने बुझिएको छ ।












प्रतिक्रिया