२५ कार्तिक २०८३, बुधबार

राष्ट्रिय सभा गृहमा आज ‘संघीय गठबन्धन’ सरकारविरुद्ध ‘कुर्लने’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sanghya Gathabandhanकाठमाडौं, ६ वैशाख । सरकारविरुद्ध सडक आन्दोलन गर्दै आएको संघीय गठबन्धनले राजधानीमा ‘संयुक्त राष्ट्रिय आन्दोलनको अपरिहार्यता’ विषयक विचार गोष्ठि गर्दैछ ।

प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा मध्यान्ह सवा १२ बजेदेखि सुरू हुने विचार गोष्ठिमा दुई डेढ दर्जन वक्ताले धारणा राख्नेछन् । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा सुरू हुने विचार गोष्ठिलाई कांग्रेसका नेता प्रदीप गिरीदेखि विजयकान्त कर्णसम्मले सम्बोधन गर्ने छन् ।

सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनका अनुसार विचार गोष्ठिमा मधेसी मोर्चाका शीर्ष नेताका साथै गठबन्धनमा आबद्ध दलका नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम छ । ‘कार्यक्रममा सरकारविरुद्धको आन्दोलनमा लागेका अगुवाहरूलाई बोल्ने समयमा दिइनेछ’, उहाले भन्नुभयो ।

आजको अन्तरक्रिया कार्यक्रममा संघर्षका कार्यक्रम घोषणा हुनेछैन । अर्को बैठक बसेर संघर्षका कार्यक्रम सार्वजनिक हुने सुमनले बताउनुभयो ।