अमेरिका । महाभारतको विषयमाथि थुप्रै व्याख्यापुनर्ब्याख्या हुँदै आएका छन् । चीरहरण त्यही महाभारत कथामा केन्द्रित फरक कोणबाट लेखिएको उपन्यास हो ।
यहि चीरहरण अमेरिकाको नर्थ क्यारोनिलामा लोकार्पण हुँदा सहभागीहरु अति हर्षित भएका छन । ‘देशको सेवा गर्न भूगोलले रोक्दैन । भाषा साहित्यबाट पनि जन्मभूमिको सेवा गरिएको हुन्छ भन्ने एक उदाहरण हो’, सहभागीले भने, ‘बिगत नौ वर्षदेखि अमेरिकामा रहेकी नीलम कार्की निहारिकाबाट पाँच वर्षको मिहिनेत पश्चात चीरहरण प्रकासित भएको छ ।
चीरहरणमा सत्यवतीदेखि द्रौपतीसम्म पुग्दा नारीले भोग्नु परेका सामाजिक बिबशता र हिंसा मात्र होइन, धृतरास्ट्रको सिंहासन मोह, शकुनिको षड्यन्त्र अनि महायुद्ध जस्ता घटना बर्तमान समयमा पनि प्रतिबिम्बित छन् ।
कुन्तिको पुत्र त्याग होस या द्रौपतिको चीरहरण, अहिलेको समाज पनि यस्ता बिडम्बनाबाट मुक्त हुन सकेको छैन ।
लेखनमा नारी चेतना र अस्तित्वलाई केन्द्रमा राख्ने नीलमको यो उपन्यास द्वापरयुगको यस्तो एना हो जसमा हामीले भोगिरहेको समाज देखिन्छ ।
लेखिका भन्छिन, ‘कुन्तीको पुत्र त्याग होस् या द्रोपदीको चीरहरण आजका यी साझा घटना हुन् । दिनहुँ जसो समाचार बनेका, बेवारिसे अबस्थामा भेटिने नब शिशु र बलात्कारका घटनाहरु यिनका प्रमाण हुन् । त्यतिमात्र होइन राज्यकै पनि चीरहरणको विशं अबस्थाबारे संकेत गरेको छ ।’
कार्यक्रम एन सी एन सीले आयोजना गरेको हो । कृति बिमोचन पश्चात अनेसास नर्थक्यारोलिना च्याप्टर अध्यक्ष मनोज प्रधानले उपन्यासकारको गहन अध्ययन र धैर्यताले नै यति महत्वपूर्ण कृति नेपालीसाहित्यले प्राप्त गर्न सकेको बताए ।















प्रतिक्रिया