१ कार्तिक २०८३, आइतबार

पर्यटन, जलस्रोत र कृर्षिमा लगानीको कमी हुन्नः अर्थमन्त्री पौडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

NNETA (3)

– नरेश केसी
भैरहवा, ५ बैशाख । अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले पर्यटन, जलस्रोत र कृर्षीमा लगानीको कुनै कमी नहुने बताएका छन् । मन्त्री पौडेलले भैरहवामा आयोजित नेपाल राष्टिय पर्यटन ब्यवसायी संगठन प्रदेश नं. ५ को पर्यटन ब्यवसायीको भेलालाई सम्बोधन गर्दै भने ‘कृषि, पर्यटन र जलस्रोतको बिकासमा सरकारले लगानी कमी हुन दिन्न बरु तपाईहरु योजनाबद्ध विकासमा लाग्नुस् ।’

मन्त्री पौडेलले संबिधानले जसरी स्वाधिन, आत्मनिर्भर र उत्पादनमुलक समाज निर्माण गर्ने उदेश्य बोकेको छ त्यसरी नै सरकारले ती उद्धेश्य पुरा गर्ने तरीकाले आर्थिक वर्षको नीति तथा कार्यक्रम र पनि ल्याउने जिकिर गरे ।

उनले मधेश, पहाड, हिमालका जनताको समृद्धिका लागि सरकारले बिशेष कार्यक्रम ल्याउने जानकारी गराउदैं त्यसको आधार पर्यटन कृर्षी र जलस्रोत भएकोले सोही अनुसार लगानी गर्न लागीएको पनि बताए ।

उनले लुम्विनी क्षेत्रमा अन्तर्राष्टिय बिमानस्थल लगायत लुम्विनीको तिब्रतर बिकास संगै लुम्विनी क्षेत्रमा अन्तराष्टिय लगानीकर्ताको आकर्षणको केन्द्रबिन्दु बन्दै गएको बताउदैें ५ नं. प्रदेशको पर्यटन प्रवद्धनमा स्वदेशी लगानीकर्ताहरुको पनि चासो बढाउन अग्रह गरे ।

मन्त्री पौडेलले लुम्बिनीको वृहत्तर योजना मार्फत लुम्बिनीसंग ५ नम्बर प्रदेशका धार्मिक तथा अन्य पर्यटनलाई जोडेर विकास गर्नुपर्नेमा पनि जोड दिए ।

सोही अवसरमा उद्योग मन्त्री सोमप्रसाद पाण्डेले धार्मिक र एडभेन्चर पर्यटनलाई व्यवस्थीत गर्दै अगाडी बढेमा मुलुकले काँचुली फेर्ने बताए ।

मन्त्री पाण्डेले लुम्विनी, रेसुङगा, स्वार्गद्धारी, गौमुखी रिडि लगायतका क्षेत्रमा धार्मीक पर्यटनको बिकास र नेपालका हिमाल, प्याराग्लाइडिङ, बन्जिजम्प, साइकिलिङ, ट्रेकिङ, रेफ्टिङ जस्ता एडभान्चर पर्यटनको ब्यवस्थापन गर्न सके देसमा पर्यटनको माध्यमबाट समृद्धिको ढोका खुल्ने बताए ।

सरसफाई तथा खानेपानी राज्य मन्त्री दिनेशचन्द्र यादवले पर्यटन प्रबद्र्धनमा स्वास्थय खानेपानी र सरसफाईले भूमिका महत्वपुर्ण खेल्ने हुदां सोही अनुसारको व्यवस्थापनमा सरकारले पर्यटन व्यवसायीलाई आवश्यक सहयोग गर्ने जनाए ।

संगठनका उपाध्यक्ष तथा पर्यटन ब्यवसायी सि. एन. पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा पर्यटन बिभाग प्रमुख सुर्य थापा, नेकपा एमालेका केन्द्रीय सदस्य तथा लुम्विनी इन्चार्ज बैजनाथ चौधरी, नेकपा एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराई, केन्द्रीय सदस्य खेममान खड्का, नेपाल राष्टिय पर्यटन ब्यवसायी संगठनका केन्द्रीय अध्यक्ष चन्द्र रिजाल, सोटो नेपालका अध्यक्ष यमबहादुर खड्का, साटाका अध्यक्ष तथा संगठनका केन्द्रीय सदस्य कृष्णसागर अधिकारी लगायतले बोलेका थिए ।

यसैबीच आइतबार भैरहवामा सम्पन्न पर्यटन व्यवसायीको भेला तथा अधिवेसनले कृष्ण सागर अधिकारीको अध्यक्षतामा नेपाल राष्टिय पर्यटन ब्यवसायी संगठनको ५ नम्बर प्रदेश गठन गरेको छ । जसको उपाध्यक्षमा माधब नेपाल (बुटवल), सचिव प्रदीप आचार्य (लुम्बिनी), सहसचिव इश्वरी जिएम (रोल्पा), कोषाध्यक्षमा कृष्ण प्रसाद शर्मा वाग्ले –बर्दिया) चयन भएका छन् । सो कमिटीको सदस्यहरुमा सुमन गोपाल आचार्य (नवलपरासी), मनमोहन श्रेष्ठ (पाल्पा) निलकण्ठ गौतम (गुल्मी) दलबहादुर भट्टाराई (अर्घाखाची), ढुण्डीराज अधिकारी –कपिलवस्तु), जितबहादुर के.सी (दांग), विजयसिंह भारती –प्युठान), मित्रबहादुर थापा मगर (प्युठान रहेका छन् ।

त्यस्तै सदस्यहरुमा गोपाल केसी (रुकुम), जनार्दन पाण्डे (बांके), महादेव पोखरेल (कपिलवस्तु), थानेश्वर पौडेल –भैरहवा), कृष्णराज चौधरी (बर्दिया), एमबहादुर खड्का (अर्घाखाची), लक्ष्मण लम्साल (दांग) र भुवन पाण्डे अर्घाखाची रहेको नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका उपाध्यक्ष सिएन पाण्डेले जनाएका छन् ।

अधिवेशन एमाले केन्द्रिय सदस्य तथा पर्यटन विभाग प्रमुख सुर्य थापाको प्रमुख आतिथ्यता, नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष चन्द्र रिजाल आतिथ्यतामा सम्पन्न भएको थियो । पर्यटन व्यवसायीको बन्दसत्रमा पर्यटनवीद प्रा.डा. गितु गिरीले ५ नम्बर प्रदेशका् पर्यटकीय सम्भावनाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।