काठमाडौं, ५ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसवादी दलका नेताहरुसँग वार्ता गरेका छन् ।
दिल्ली यात्राको एक दिन अघि देउवाले आइतबार बुढानिलकण्ठस्थित आफ्नै निवासमा तराईमा आन्दोलनरत मधेसी नेताहरुसँग छलफल गरेका हुन् ।
के विषयमा छलफल भयो र के समझदारी भयो भन्नेबारे केही खुल्न सकेको छैन् ।
देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार सभापति देउवा भोली सोमबार भारतको दिल्ली जाँदैछन् । पत्नी आरजुको उपचारका लागि दिल्ली जान लागेका देउवाले महत्वपूर्ण राजनीतिक भेटवार्ता पनि गर्ने सम्भावना छ ।
सरकार परिवर्तन, संविधान कार्यान्वयन र मधेस आन्दोलनबीच मधेसी नेताहरुसँग वार्ता गरेर देउवा दिल्ली जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।













प्रतिक्रिया