२५ कार्तिक २०८३, बुधबार

भोजपुरमा डरलाग्दो दुर्घटना, २९ जना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhojpur-mapभोजपुर, ५ वैशाख । भोजपुरबाट धरानतर्फ गइरहेको एउटा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।

ना ४ ख ४५७८ नम्बरको सप्तकोसी यातायातको बस भोजपुर सदरमुकामदेखि ६० किलोमिटर पूर्व हिले–भोजपुर सडकको लेगुवा नजिकैको जरायोटार गाविस–६ भर्लाबोटेमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकामध्ये ९ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ६० जना यात्रु चढेको बस दुर्घटनामा परेको हो ।

घुम्तिमा टर्निङ गर्ने क्रममा बस पल्टिएको हो । दुर्घटनामा गम्भीर घाइतेहरुलाई प्रहरी र स्थानीयबासिन्दाले उद्दार गरी उपचारका लागि धरान लगेका छन् । बसका चालक गणेश भण्डारी सामान्य घाइते भएका छन् । उनलाई जरायोटारस्थित प्रहरी चौकीमा राखिएको छ ।