काठमाडौं, ५ वैशाख । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीको नेतृत्वमा १५ सदस्यीय टोली चीन प्रस्थान गरेको छ ।
एमालेको केन्द्रीय स्कुल विभागले सञ्चालन गर्ने पार्टी स्कुलको कार्यालय समेत रहेको तुल्लीलाल स्मृति प्रतिष्ठानका पदाधिकारीसहित टोली चीन प्रस्थान गरेको हो ।
छेन्दुस्थित सिचुवान विश्वविद्यालयको निमन्त्रणामा प्राज्ञिक आदानप्रदानका लागि एमालेको टोली चीन भ्रमणमा गएको हो ।
दुई देशको बीचमा जनता जनताबीचको संवादको निरन्तरता र पार्टी बीचको सहकार्य तथा शैक्षिक एवम् प्राज्ञिक सहकार्यका लागि टोली चीन गएको एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बताउनुभयो ।
भ्रमणका समयमा आपसी प्रशिक्षणसम्बन्धी सम्झौता हुने र विश्वविद्यालयका पदाधिकारीलाई नेपाल भ्रमणको निमन्त्रणा दिइने नेता ज्ञवालीले जानकारी दिनुभयो । टोलीमा माधव पौडेल, कृष्णलाल महर्जन, बाबुराम थापालगायत हुनुहुन्छ । रासस













प्रतिक्रिया