२५ कार्तिक २०८३, बुधबार

एयरपोर्टमा भेटियो २१ तोला सुन, साउदीबाट आएका आचार्य पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Big Set of Gold bars. Close up Image

काठमाडौं, ५ बैशाख । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानबाट २१ तोला अवैध सुन बरामद गरेको छ ।

उक्त सुन बोकेर आएका कतार एयरको उडानद्धारा साउदी हुँदै दोहाबाट काठमाडौं आएका राहदानी नम्बर ०७७८८००३ बाहक स्याङ्जा पुतलीबजार–१३ बस्ने ३३ वर्षीय मनिराम अर्याललाई पनि प्रहरीले पक्रेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

अर्यालले शरीरको बिभिन्न भागमा लुकाई छिपाई बिमानस्थल गौचरको भन्सार क्षेत्र कटाई ल्याएको २१ तोला ५ ग्राम सुनजस्तो देखिने पहेंलो धातुसहित शनिबार प्रहरीले पक्राउ गरेको थियो ।

यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।