३० आश्विन २०८३, शुक्रबार

एनआरएनए क्षेत्रीय सम्मलेन न्यूजर्सीमा हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

NRNA logoअमेरिका । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले यो पटक आफ्नो क्षेत्रीय सम्मेलन अमेरिकामा गर्ने निर्णय गरेको छ । परिषदको क्षेत्रीय सम्मेलन अमेरिकाको न्यूजर्सीमा हुनेछ ।

१५ अप्रिल २०१६ मा एनआरएन अमेरिका र एनआरएनएको संयुक्त बैठकबाट सो निर्णय गरिएको हो । एनआरएन अमेरिकाका अध्यक्ष डा केशब पौडेलको अध्यक्षतामा बसेको बैठकमा एनआरएनए उत्तर अमेरिकाका क्षेत्रीय संयोजक सोनाम लामाले बैठकमा न्यूजर्सी, टेक्सास र क्यालिफोर्नियामध्य कुन ठाउँ उपयुक्तहोला भनि राय लिन पेश गर्नु भएको प्रस्थावमा सबैभन्दा राम्रो न्यूजर्सी हुने भनेर आएकोले सोही ठाउँमा गर्ने निर्णय गरिएको हो ।

न्यूजर्सीको डब्बल ट्री हिल्टन होटलमा आगमी अगस्टको २७ र २८, २०१६ मा हुनेछ । उक्त सम्मेलन अमेरिकामा दोश्रो पटक हुन लागेको छ ।

कार्यक्रमबारे उत्तर अमेरिका क्षेत्रीय संयोजक सोनाम लामाले यो हप्ता एनसिसी अध्यक्ष अमेरिका र क्यानाडा अनि आइसिसीको अर्को बैठकले कार्यक्रमको खाका तयार गर्ने कुरा बताउनु भएको छ ।

क्षेत्रीय उपसंयोजक एसी शेर्पाले कार्यक्रममा धेरै गहन विषयहरुमा छलफल गरिने कुरा बताउनु भएको छ ।

एनआरएन अमेरिकाका पूर्व अध्यक्ष तथा एनआरएनए आइसिसी सदस्य खगेन्द्र क्षेत्रीले आफ्नै होमटाउनमा हुन लागेको उक्त सम्मेलनप्रति खुसी ब्यक्त गर्नु भएको छ ।

क्षेत्रीय सम्मेनलबारे केही अन्यौलता सृजना भएको देखिन आएकोले प्रस्ट पारिएको छ । यस्तो क्षेत्रीय सम्मेलन गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आफ्नो कार्यक्रम हो ।

तर, हरेक पटक त्यो देशको एनसिसीले होस्ट कन्ट्रीको रुपमा कार्य गर्दछ भने कार्यक्रम ती क्षेत्रका क्षेत्रीय संयोजकको संयोजनमा हुने गर्दछ ।

यस बाहेक एनआरएन अमेरिकाका मिडिया संयोजक सर्वज्ञ वाग्लेद्वारा प्राप्त जानकारीमा बैठकले थप अरु दुई कुरा पनि निर्णय गरेको छ ।

नेपालमा हालै भएको आगोलागी बाट पीडितहरुलाई सहयोग गर्न एन आर एन, अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेलको संयोजकत्वमा पाँच सदस्सीय सहयोग संकलन समिति बनाई छ । समितिले सहयोग संकलन कार्यलाई तीव्र रुपमा अगाडि बढाउने निर्णय गरेको छ ।

यसका अन्य सदस्यहरुमा दिल श्रेष्ठ , सुनील साह ,प्रकाश सापकोटा र सतेन्द्र साह हुनुहुन्छ ।

त्यस्तै गरेर न्युयोर्कमा पहिलो पटक गर्न लागिएको ऐतिहासिक नेपाल डे परेडमा, नेपाली दूताबासबाट आधिकारिक सूचना प्राप्त भएपछि मात्र सो कार्यक्रममा संस्थागत सहभागिताबारे निर्णय गरिनेछ । हलसम्म एनआरएनलाई सो कार्यक्रमको आधिकारिक निम्ता आएको छैन ।