काठमाडौं, ४ चैत । बढ्दो चिनियाँ शक्तिलाई रोक्न अमेरिकाले दक्षिणी चीन सागरमा आफ्नो सेना उतारेको छ ।
पछिल्लो समय महासागरमा चीनले धमाधम टापुहरु कब्जा गरिरहेको छ जसबाट चिन्तित बनेको भारतले चीनसँग लड्न अमेरिकासँग सैन्य सम्झौता पनि गरेको थियो ।
जसअनुसार अमेरिकाले चीनविरुद्ध लड्न भारत र फिलिपिन्ससँग सैन्य सम्झौता गरेको खुलासा अमेरिकी रक्षा सचिव ऐश कार्टरले गरेका छन् । भारतीय पत्रिका नवभारत टाइम्सका अनुसार चीनको प्रभाव रोक्न दक्षिणी सागरमा अमेरिकाले सैन्य शक्ति बढाएको हो ।
यो कदमबाट अमेरिकाले बेइजिङलाई आफ्नो सहयोगीबाट दक्षिणी सागरमा उसको शक्ति कम गर्न खोजेको सन्देश पनि दिएको छ । साथै चिनियाँ नेतृत्वलाई अमेरिकाले चीनलाई रोक्न आफू सक्षम रहेको सन्देश पनि दिन खोजेको छ । उसलाई मध्यनजर गर्दै चीन आफ्नो सैन्य शक्तिलाई बढाउन सक्छ । चीन नयाँ द्धिप बनाउन सक्छ र त्यहाँ हवाई अड्डाहरु निर्माण गर्नसक्छ ।

६ दिने भ्रमणमा भारत र फिलिपिन्स आएका रक्षासचिव कार्टरले शुक्रबार चीनले आफ्नो भनेर दाबी गर्दै आएको दक्षिणी चीन सागरमा न्यूक्लियर हतियार बोकेको विमानबाट यात्रा गरेका छन् । उनले आफ्नो यात्राबाटै उक्त सागरमा चीनको प्रभाव रोक्न अमेरिकी सेना उत्रिएको घोषणा पनि गरे ।
यो यात्राभन्दा अमेरिकाले पहिला फिलिपिन्ससँग मिलेर उक्त सागरमा ११ दिनको युद्धअभ्यास गर्ने र साथै फिलिपिन्सको क्षेत्रीय सुरक्षा र स्थितरताका लागि केही सेना राख्ने घोषणा गरेको थियो ।
साथै अमेरिकाले फिलिपिन्सको नौसेना (जलसेना)सँग दक्षिणी चीन सागरमा पेट्रोलिंग गस्ती गर्ने र केही समयपछि त्यहाँ वायुसेनाबाट गस्ती गर्ने तयारी गरेको समाचारमा उल्लेख छ ।
















प्रतिक्रिया