३१ आश्विन २०८३, शनिबार

बग्दादमा आत्मघाती आक्रमण, आठको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

The fall of Baghdad anniversaryबग्दाद, ४ वैशाख । इराकको बग्दादमा शनिबार भएको आत्मघाती आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको छ । आक्रमणमा परी अन्य १५ जना घाइते भएका छन् ।

बग्दादको बाब अल सर्जी क्षेत्रमा आत्मघाती आक्रमणकारीले विस्फोटन गराएको बताइएको छ । यस आक्रमणमा परी आठ जना सर्वसाधारण परेका एक प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

आक्रमणमा घाइते भएकामध्ये केहीको अवस्था चिन्ताजनक भएकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ । आक्रमणको जिम्मेवारी हालसम्म कुनै पनि समूहले लिएको छैन ।