२५ कार्तिक २०८३, बुधबार

साँच्चै सरकार परिवर्तन हुन्छ ? के भन्छन् एमाले उपाध्यक्ष गौतम ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bamdev-Gautamकाठमाडौं, ४ वैशाख । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले वर्तमान सरकार परिवर्तनको विषय हल्ला मात्र भएको बताउनुभएको छ ।

नेकपा एमाले प्यूठान–काठमाडौं सम्पर्क मञ्चले नयाँ वर्षको उपलक्ष्यमा शनिबार काठमाडौंमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा एमाले उपाधयक्ष गौतमले वर्तमान सरकार परिवर्तन हुन्छ भनी केही तत्वले हल्ला मात्र चलाएको र यसका पछाडि कुनै तथ्य र आधार नभएको प्रष्ट पार्नुभयो ।

एमाले नेतृत्वको सरकारले सरकारमा सहभागी सबै दललाई यथोचित स्थान दिएकाले यो सरकारको संरचनात्मक आधार बलियो भएको उहाँको भनाइ थियो ।

अर्को प्रसंगमा बोल्दै उपाध्यक्ष गौतमले अब नेपालमा कुनै किसिमको जातीय र भाषिक विभेद नभएकाले त्यस्ता कुराको पछाडि नलागी समग्र राष्ट्र निर्माण केन्द्रित हुन आग्रह गर्नुभयो । यही सरकारले स्थानीय निर्वाचन गराउने भएकाले पार्टी कार्यकर्तालाई त्यसतर्फ लाग्न निर्देशन दिनुभयो ।

कार्यक्रममा पार्टी सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले अबको राष्ट्रिय मुद्दा संविधान कार्यान्वयन नै भएको बताउनुभयो । उहाँले संविधान कार्यान्वयनका लागि पार्टी एक ढिक्का हुनुपर्ने र त्यसतर्फ नेतृत्वले विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो । रासस