काठमाडौं, ४ वैशाख । तीन दशक अघि प्रारम्भिक सर्भे भएर काम रोकिएको तमोर स्टोरेज हाइड्रो प्रोजेक्ट तत्काल सञ्चालन गर्न सरोकारवालाहरुले माग गरेका छन् ।
तेह्रथुमको ओख्रे र पाँचथरको स्यावरुम्बा गाविस बीचमा उच्च वाँध वाँधी जलाशययुक्त विद्युत आयोजना निर्माण गर्न जाईका र नेपाल विद्युत प्राधिकरणले सम्पन्न गरेको प्रारम्भिक अध्ययन अनुसार ७६२ मे.वा. क्षमताको आयोजना वन्न सक्ने प्रतिवेदन सन् १९८६मा सरकारलाई बुझाएका थिए । त्यसयता मृतप्राय भएर बसेको यो योजना व्युतांउन स्थानीय सरोकारवालाहरु कस्सिएका छन् ।
तेह्रथुम, पाँचथर, ताप्लेजुङका साँसद, पूर्वमन्त्री, पूर्वसाँसद, इलाम र धनकुटाका विशिष्ट व्यक्तिहरु सम्मीलित भएर एक समिती बनाइ योजना कार्यन्वयनमा दबाइ दिइने पूर्वमन्त्री डम्बरसिंह सम्बाम्फेले बताए । सम्बाम्फेका अनुसार यो अभियानका लागि संविधानसभाका अध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सहितको उपस्थितीम राजधानीमा भेला बसेर यो आयोजनालाई प्रदेश नम्बर एकको गहनाको रुपमा अघि बढाउने निणर्य भएको छ ।
‘यो योजना सञ्चालनका लागि सरकारले देशी तथा विदेशी लगानीकर्ताहरु परिचालन गर्नुपर्छ’ सम्बहाफेले भने ‘यो आयोजना सञ्चालन भएमा प्रदेश नम्बर एकको आर्थिक समृद्धीको बाटो खुल्ने छ ।’
















प्रतिक्रिया