– भरत शिवाकोटी
यूएई । झापाली समाज यूएईको आयोजनामा १५ अप्रिल २०१६ शुक्रबारका दिन दुबइको एभरेस्ट इन्टरनेशनल होटलमा ‘विधान सार्वजनिकीकरण तथा अर्धवाष्कि भेला’ सम्पन्न भएको छ ।
भेलाले समाजको विधान सार्वजनिक गर्दै आफ्नो आगामी आर्थिक कार्यनीति, कार्यदिशा र हालसम्म समाजले गरेका आर्थिक गतिविधी समेत सार्वजनिक गरेको छ । झापाली समाजमा आवद्द भएर आजीवन सदस्य बन्नुभएका करिव १५० जना सदस्यलाई समाजको आजीवन सदस्यताको प्रमाण पत्र प्रदान पनि गरिएको छ ।
समाजको गतिविधिमा सकृय भएर सहयोग तथा समर्थन गर्नुहुनेहरुलाई प्रसङसा पत्रले सम्मान गरिएको थियो । ७ वटा इमिरेटसमध्ये ५ वटा इमिरेटसमा आफ्नो क्षत्रीय समिति गठन गरेर गतिविधी गरिरहेको झापाली समाजले उक्त कार्यक्रममा गठित समितिका पदाधिकारीलाई ओहोदाको प्रमाण पत्र समेत प्रदान गरेको थियो ।















प्रतिक्रिया