२५ कार्तिक २०८३, बुधबार

विज्ञापन गरेर वार्तामा बस्न सकिँदैन, ओली भगवानका भाइ हुन् र ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hridayash Tripathiकाठमाडौं, ४ वैशाख । तराई मधेस लोकतान्त्रिक पार्टीका नेता हृदयश त्रिपाठीले प्रधानमन्त्री केपी ओली वार्ताका नाममा जनतामा भ्रम छरिरहेको आरोप लगाउनुभएको छ ।

त्रिपाठीले वार्ताका नाममा प्रधानमन्त्री ओलीले विज्ञापन गरिरहेको बताउनुभयो । नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै नेता त्रिपाठीले मधेसी मोर्चा वार्ता र सम्वादबाट नभनेको बताउनुभयो । ‘म ३७औँ पटकसम्म वार्तामा बसेको छ’, उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री नै वार्ता गर्न चाहनु हुँदैन । तराई मधेसको समस्या समाधान गर्न उहाँमा रुचि नै छैन ।’

कमल थापाको नेतृत्वमा रहेको समितिसँग आफूहरूले कुनै पनि प्रकारको वार्ता नगर्ने नेता त्रिपाठीले बताउनुभयो । ‘कमल थापाको समिति कुनै प्रकारको समिति हो ? त्यो छानविन समिति जस्तो समितिसँग के को वार्ता ? जोसँग कुनै अधिकार छैन त्योसँग किन वार्ता गर्ने ?’, उहाँले भन्नुभयो, ‘दुर्घटना हुँदा बन्ने समितिको कानुनी व्यवस्थाअनुसार बनेको छानविन समितिसँग कुरा गर्नुको अर्थ रहँदैन ।’

‘सबै मधेसीहरू खाली बोतलसिसी बोक्दैनन् । वार्ताको विज्ञापन गर्नेवित्तिकै हुलबाँधेर बालुवाटार जाने’, नेता त्रिपाठीले भन्नुभयो, ‘कमल थापा जस्ता व्यक्ति जो संघीयता र गणतन्त्र विरोधी छन्, उनीसँग वार्ता हुँदैन ।’

प्रधानमन्त्री ओलीले वार्ताका लागि आह्वान गरिरहनुभएको छ नि ? भन्ने प्रश्नमा तराई मधेस लोकतान्त्रिक पार्टीका नेता त्रिपाठीले भन्नुभयो, ‘पार्टीको बैठकको निबन्ध, सम्बोधन आदिबाट हामी वार्तामा जाने होइन । सरकारले आफ्नो तरिकाले वार्ता गर्नुपर्छ, त्यसका केही प्रक्रिया हुन्छन् । प्रधानमन्त्री भगवानको भाइ हो र ? निबन्ध लेखेर वा विज्ञापन गर्दैमा वार्तामा गइहाल्ने ?’

प्रधानमन्त्री ओली संघीयता र गणतन्त्र विरोध नेता रहेको आरोप लगाउनु भएका नेता त्रिपाठीले भन्नुभयो, ‘केपी ओली २०४७ सालकै संविधानलाई कार्यान्वयन गर्ने पक्षमा हुनुहुन्थ्यो । उहाँ हरेक आन्दोलनबाट भएको परिवर्तनको विरोधी हो । मुलुकमा भएको परिवर्तनबाट ओली जीलाई पीडा भएको छ ।’