३० आश्विन २०८३, शुक्रबार

अधिवक्ता क्षत्री अमेरिकामा दोस्रो पटक सुपर लयरमा पर्न सफल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

super2015न्यूयोर्क । न्यूयोर्कमा रहेर बिगत ३ दशकदेखि कानुनी पेशामा सकृय रहँदै आउनुभएका बरिष्ठ अधिवक्ता खग्रेन्द्र क्षत्री लगातार दोश्रो वर्ष पनि न्यूयोर्कमा सुपर लयरमा पर्न सफल हुनु भएको छ ।

न्यूयोर्क शहरमा रहेका अधिवक्ताहरूमध्येबाट उत्कृष्ट कार्यका आधारमा छनौट हुने यस प्रकृयामा क्षत्री लगातार दोश्रो वर्ष पनि पर्न सफल हुनुभएको हो ।

क्षत्रीलाई शुक्रबार मात्र सुपर लयर छनौट गर्ने संस्थाले पत्रचार गर्दै बधाई दिएको छ । न्यूयोर्क, क्यालीफोर्निया, टेक्सास र काठमाडौंमा समेत सेवा प्रदान गर्ने क्षत्री एण्ड एशोसिएट्सका सन्चालक क्षत्री अमेरिकको कोलम्बिया युनिभर्सिटीबाट जेडी र फोरदाम युनिभर्सिटीबाट एलएलएम गर्नुभएको छ ।

सुपर लयरमा हालसम्म न्युयोर्क शहरमा कानुनी सेवा प्रदान गर्ने ५ प्रतिशत कानुन ब्यवसायी मात्र पर्न सफल भएका छन् । सुपर लयर छनौटको नतिजा न्यूयोर्क टाईम्समा समेत प्रकाशन हुने गर्दछ ।

एनआरएन अमेरिकाको निर्बतमान अध्यक्ष समेत रहेका क्षत्री हाल एनआरएन आईसिसीका सदस्य तथा नागरिकता सम्बन्धी टास्क फोर्सका सहसंयोजक हुनुहुन्छ ।

सुपर लयर छनौट परेपछि क्षत्रीले सम्पूर्ण सेवाग्राही, कर्मचारी लगायत सबैमा आभार ब्यक्त गर्नुभएको छ । सुपर लयर छनौटले आफूलाई सेवाप्रति थप समर्पित गरेको उहाँले बताउनुभयो ।