३० आश्विन २०८३, शुक्रबार

नयाँ वर्षका अवसरमा कतारमा गोरखा सेवा समाजको विशेष कर्याक्रम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

received_1049209111802337– नवराज सिंखडा

दोहा, कतार । गोरखा सेवा समाज कतारले नयाँ वर्ष २०७३ को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । अप्रिल ३ का दिन दोहाको कर्निसमा शुभकामना आदान प्रदान गरिएको हो ।

एकीकृत माओवादीका नेता नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा एमाओवादी अन्तर्राष्ट्रिय ब्यूरो सचिव युवराज चौलागाइ, शुशान कर्मचार्य, नेपाली जनप्रगतिशील मन्च मलेसियाका अध्यक्ष रमेश तिवारी, गोरखा सेवा समाज कतारका संरक्षक बुधबल गुरुङ, बाग्लुङ सेवा समाज कतारका निवर्तमान अध्यक्ष रमेश भट्ट लगायतले नयाँ वर्षको शुभकामना मन्तब्य राखेका थिए ।