काठमाडौं, ३ वैशाख । विश्वकै खतरनाक आतंकवादी संगठन इश्लामिक स्टेट आइएसले आक्रमण गर्ने चेतावनी बारम्बार दिएपछि भारत सहयोग माग्दै चीनको शरणमा पुगेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार आतंकवाद विरुद्ध लड्का लागि भारतले चीनसँग सहयोग मागेको हो । उसले भारतमा रहेका आइएसका एजेण्टहरुको जाँचका लागि चीनलाई गुहारेको हो ।
भारतको राष्ट्रिय जाँच एजेन्सी (एनआईए)ले केही दिन पहिला एक चिठ्ठी पठाउँदै आइएसका सुराकीको छानविन गर्न सहयोग मागेको समाचारमा उल्लेख छ । एनआईएले चीनसँग फोन र म्यासेजमा भएका सम्वादहरु पनि मागेको छ । वीचैट नामक म्यासेज सर्विस चीनमात्रै छ ।
जसको प्रयाग आतंकवादी सुराकीले गर्ने गरेका छन् । यो सर्विस प्रयोग गर्ने २९ जना सुराकीलाई एनआईले पक्राउ गरिसकेको छ । तर अहिले चीनसँग मागेको सहयोग पाउने सम्भावना कम छ किनकि भारत र चीनबीच कानुनी सहयोग सन्धि भएको छैन् ।
















प्रतिक्रिया