हङकङ, ३ वैशाख, इन्डोनेसियामा शुक्रबार ५.५ रिक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले बताएको छ ।
इन्डोसियाको तोबेलोबाट ११२ किलोमिटर दक्षिणपश्चिममा पर्ने इलाकामा गीनव्रीच समयाअनुसार शुक्रबार ४ः५० बजे सो भूकम्प आएको थियो ।
यस भूकम्पको केन्द्रबिन्दु आसपासको इलाकामा ८८.७७ किलोमिटर गहिराइमा रहेको पनि सो निकायले जानकारी दिएको बताइएको छ ।
भूकम्पको विस्तृत विवरणलगायत मानवीय र सम्पत्तिको क्षतिको कुनै समाचार भने नआएको अधिकारीहरूको भनाई छ । रासस÷सिन्ह्वा
भानुआटुमा फेरि ६.४ रिक्टर स्केलको भूकम्प
भानुआटुमा ६.४ रिक्टर स्केलको भूकम्प गएको समाचारमा जनाइएको छ । बन्दरगाह सहर ओल्एबाट ९५ किलोमिटर उत्तरपश्चिम इलाकामा भूकम्प आएको हो ।
गीनब्रीच समयाअनुसार बिहीबार २१ः५० बजे सो भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले बताएको छ । यस भूकम्पको केन्द्रबिन्दु आसपासको नै इलाकामा १६.० किलोमिटर गहिराइमा रहेको छ ।
भानुआटुमा यसै हप्तामात्र यो तेस्रो पटक यति शक्तिशाली भूकम्प गएको हो ।
भूकम्पबाट भएको मानवीय र एवम् भौतिक क्षतिको भने कुनै समाचार नआएको अधिकारीहरूको भनाई छ । रासस/सिन्ह्वा















प्रतिक्रिया