काठमाडौं, ३ वैशाख । प्रधान सेनापति राजेन्द्र क्षत्री अमेरिकाको भ्रमणमा जानुहुने भएको छ ।
अमेरिकी सेनाको निमन्त्रणामा प्रधान सेनापति क्षत्री साताव्यापी भ्रमणका लागि यही वैशाख १२ गते अमेरिका जानुहुने भएको हो । उहाँको भ्रमणलाई सरकारले स्वीकृति दिइसकेको छ ।
भ्रमणका क्रममा प्रधानसेनापति क्षत्रीले संयुक्त राष्ट्रसंघका उच्च अधिकारीसँग समेत भेटवार्ता गर्ने बताइएको छ ।
अमेरिकामा रहँदा क्षत्रीले राष्ट्रसंघका महासचिव बान की मुनलाई पनि भेट्ने तयारी भइरहेको छ । उहाँले हवाईस्थित एसिया प्यासिफिक सेन्टर फर सेक्युरिटिज स्टडिजको समेत भ्रमण गर्ने कार्यक्रम छ । भारत र चीनपछि प्रधानसेनापतिको यो तेस्रो विदेश भ्रमण हो ।












प्रतिक्रिया