टोकियो, ३ वैशाख । जापानमा गएको शक्तिशाली भूकम्पबाट नौं जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार बिहीबार राति ९ बजेर २६ मिटनमा ६ दशमलब ५ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको बीबीसीले जनाएको छ ।
दक्षिणी क्षेत्र क्यूशु दीपलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । भूकम्पबाट सात सयभन्दा बढी मानिस घाइते भएका छन् ।
भूकम्पले कुमामोटो शहरको पूर्वभागलाई केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्प गएको हो । भूकम्पको केन्द्र सामुन्द्रिक सतहभन्दा १० किलोमिटर मुनि रहेको थियो ।
६ दशमलब ५ रेक्टर स्केलको भूकम्प आएको ४० मिनेटपछि ५ दशमलब ७ रेक्टर स्केलको अर्को झट्का आएको थियो । भूकम्पका कारण कयौं घरहरू स्वस्त भएका छन् भने विद्युत आपूर्ति बन्द भएको छ। भूकम्पकै कारण रेल सेवा पनि रोकिएको छ ।
भूकम्प प्रभावित क्षेत्रबाट ४० हजार मानिसलाई बाहिर निकालिएको बीबीसीले जनाएको छ । भूकम्पवाट घरबार गुमाएका पीडितहरुलाई राहत दिने काम चलिरहेको छ ।















प्रतिक्रिया