१६ कार्तिक २०८३, सोमबार

घुस लिने इन्जिनियरविरुद्ध मुद्दा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aakthier

काठमाडौँ, २ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा नेपालगन्ज उपमहानगरपालिकाका इन्जिनियर श्यामकाजी पियाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार वडा नं १२ मा बाटो निर्माण सम्पन्न भइसकेपछि अन्तिम भुक्तानीका लागि आग्रह गर्दा इन्जिनियर पियाले सेवाग्राहीसँग रु ८० हजार घुस माग्दै गरेको अवस्थामा थलामा नै पक्राउ परेका थिए । आयोगले इन्जिनियर पियाविरुद्ध बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गरेको छ । रासस