१७ कार्तिक २०८३, मंगलबार

बर्दियामा एक पतीले लाठीले हिर्काएर पत्नीको लिए ज्यान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Source: Google Maps

– सुदीप अधिकारी
बर्दिया, २ बैशाख । पतीले हिर्काएको लाठीले पत्नीको ज्यान गएको छ ।

बर्दिया बबई नगरपालिका–८ तकियाका ६३ वर्षीय चुलुवा थारुले लाठीले हानेर पत्नीको ज्यान लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । पतीले हिर्काएको लाठीले टाउकोमा लाग्दा उनकी पत्नी ५५ वर्षीय वेफनी थारुको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव निरिक्षक नेत्रमणी गिरीले बताए ।

घटना लगतै पती चुलुवा थारुलाई नियन्त्रणमा लिइएको प्रहरी नायव निरिक्षक गिरीले बताए । सामान्य घरायसी विवादमा आवेशमा आएर पती चुलुवाले पत्नीलाई लाठी टाउकोमा हिर्काएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रहरीका अनुसरा पतीपत्नी बिच समान्यतया दिनहुँ जसो झगडा भइरहन्थ्यो । बुधबार राती पनि झगडा हुँदा पती चुलुवा थारुले आवेशमा आएर पत्नीको टाउँकोमा लाठी प्रहार गरेको प्रहरीको भनाई छ ।

हत्यारा चुलुवा थारुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।