१६ कार्तिक २०८३, सोमबार

युवाकेन्द्रित बजेट ल्याउन प्रधानमन्त्रीसमक्ष युवा संघको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yaan

काठमाडौँ, २ वैशाख । युवा सङ्घ नेपालले युवा केन्द्रित बजेट ल्याउन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज ज्ञापनपत्र बुझाएको छ ।

सङ्घका अध्यक्ष राजीव पहारीको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटार गएको प्रतिनिधिमण्डलले बजेट निर्माणमा युवालाई प्राथमिकता दिनुपर्ने, रोजगारीको अवसर वृद्धि गर्नुपर्नेलगायतका विषयमा ध्यानाकर्षण गराएको हो ।

त्यसैगरी, तराई क्षेत्रमा हुने महिला हिंसा, विभेदको अन्त्य गरी सामाजिक न्याय, समानता कायम गर्नुपर्ने, विप्रेषणलाई व्यवस्थित रुपमा उपयोग गर्न कोष बनाई सोही कोषबाट ठूला परियोजनामा लगानी गरी विप्रेषण पठाउनेलाई लाभ हुने गरी प्रतिफलको व्यवस्था गर्नुपर्ने जस्ता विषयमा सङ्घका प्रतिनिधिले प्रधानमन्त्रीलाई सुझाएका छन् ।

ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री ओलीले युवा सङ्घले उठाएका विषयवस्तु गम्भीर रहेको र त्यसलाई समाधान गर्नका लागि सरकार दृढताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको सङ्घका प्रवक्ता प्रभातविक्रम कटुवालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले विभिन्न अन्तर्राष्ट्रिय शक्ति केन्द्रले नेपाललाई प्रयोगशालाका रुपमा विकास गर्न खोजेकाले त्यसप्रति युवाशक्ति चनाखो र एकताबद्ध हुनुपर्ने बताउँदै जनप्रतिनिधिले जारी गरेको संविधानलाई सबै मिलेर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।