१ कार्तिक २०८३, आइतबार

नयाँ वर्षमा रत्नपार्कले तोड्यो रेकर्ड ! जोडीहरुको घुइँचो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ratnapark

काठमाडौँ, २ वैशाख । नयाँ वर्षको पहिलो दिन बुधबार रत्नपार्कको आम्दानी रु एक लाख तीन हजार भएको छ । यो अहिलेसम्मकै धेरै हो ।

रत्नपार्क तथा रानीपोखरी एकाइका प्रमुख हरिशरण केसीका अनुसार तीन हजार ६०२ सर्वसाधारण र ९० जना विद्यार्थी पार्क अवलोकनका लागि आएका थिए । नयाँ व्यवस्थापन र निःशुल्क इन्टरनेट सुविधा भएका कारण उल्लेख्य मात्रामा अवलोकनकर्ता आएका हुन् ।

पार्कमा गत वर्ष चैत ५ गतेबाट निःशुल्क इन्टरनेट राखिएको थियो । “अन्य दिन पार्कको सरदर आम्दानी रु २५ हजारसम्म मात्र हुन्थ्यो” केसीले भन्नुभयो । यहाँ विद्यार्थीका लागि रु १५ र अन्य व्यक्तिका लागि रु २५ प्रवेश शुल्क तोकिएको छ ।

इन्टरनेट फ्रि भएपछि पार्कमा युवा युवतीका जोडहरुको घुइँचो लाग्ने गरेको छ । रासस