१६ कार्तिक २०८३, सोमबार

पेस्तोलसहित सिरहामा दुई पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pestol-Us

गोलबजार (सिरहा), २ वैशाख । लेनदेनको विषयमा विवाद हुँदा पेस्तोल देखाएर ज्यान मार्ने धम्की दिएका दुई जनालाई आज सिरहा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहा नगरपालिका–९ का गणेश यादव र सोही ठाउँका धनिक कामती रहेका छन् । उनीहरुबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउण्ड गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक एकनाथ कोइरालाले जानकारी दिनुभयो ।

उहाँका अनुसार लेनदेनको विषयमा विवाद भएकै कारण पक्राउ परेका यादव र कामतीले सिरहा नगरपालिका–११ का सत्यदेव कामतीलाई कटुवा पेस्तोल देखाएर धम्क्याएका थिए ।

दुवैलाई अहिले अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय विष्णुपुरमा राखिएको छ । रासस