१६ कार्तिक २०८३, सोमबार

ट्र्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

तुलसीपुर (दाङ), २ वैशाख । तुलसीपुर नगरपालिका वडा नं १ को राम्रीमा लु २ त २५५८ नंको ट्र्याक्टर गएराति दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक प्रकाश शर्माले दिनुभएको जानकारीअनुसार मृत्यु हुनेमा दुईजना युवा रहेका तर उनीहरुको अझै सनाखत हुन सकेको छैन । ट्र्याक्टर सडकबाट करिब २०० मिटर तल खसेको छ ।

सोही ठाउँमा दुईजनाको शव भेटिएपछि ट्र्याक्टरका चालक र सहचालक हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।

गएराति करिब ११ बजे रोल्पाको लिवाङ्बाट तुलसीपुरतर्फ आउँदै गरेको सो ट्र्याक्टर राम्रीको मोडमा दुर्घटना भएको बताइएको छ । रासस