१ कार्तिक २०८३, शनिबार

चीनमा ‘ग्यान्ट्री’ भत्किँदा १८ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

china_mapचीन, २ वैशाख । दक्षिण चीनको ग्वाङकोङ प्रान्तमा बुधबार ‘ग्यान्ट्री’ (पुलजस्तो संरचना) भत्किँदा भवनमा कार्यरत १८ जना मानिसको मृत्यु भएको छ ।

उद्योगको भवनमा वारपारका लागि निर्माण गरिएको ग्यान्ट्री दुईतले कच्ची भवनमा परेको र त्यसभित्र रहेका १८ जनाको मृत्यु हुनाका साथै १८ जनाभन्दा बढी मानिस घाइते भएको डोङ्गन नगर सरकारका उपमहासचिव लुओविनले बताउनुभयो ।

दुर्घटनामा ८८ जना भवनबाट भागेर उम्कन सफल भएका बताइएको छ ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर तथा स्थिर रहेको उहाँले बताउनुभयो । सिन्ह्वा